सन् २०२० हाम्रो लागि मागपत्रहरूको वर्ष भयो । विगत लामो समय देखि उठिरहेको लैङ्गिक पहिचान सम्बन्धीका सरोकारहरू बारे हामीले समुदाय स्तरमा व्यापक छलफल गरी मागपत्रहरू जारी गरेका थियौँ । ती मागपत्रहरू पोहोर साल पिडिएफ र डक फाइलमा गुगल ड्राभ मार्फत् प्रकाशन गरेका थियौँ भने ती सबै मागपत्रहरूलाई संगालेर यस वर्ष पुस्तकका रूपमा प्रकाशन गर्दैछौँ । यसमा राष्ट्रिय पारलैङ्गिक मागपत्र, नेपालमा लैङ्गिक पहिचानको कानूनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र, नागरिकता विधयकमा लैङ्गिक पहिचान सम्बन्धीको मागपत्र, र राष्ट्रिय अन्तरलिङ्गी मागपत्र संगालिएको छ । यी सबै मागपत्र सम्बन्धित जनसंख्याको लैङ्गिक पहिचानको कानूनी मान्यतासँग सम्बन्धित छ ।
यो पुस्तकको लेखक तथा प्रकाशक क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज हुन् ।
यस पुस्तक प्रकाशन बारेमा हामी प्रकाशक संस्थाहरूको सार्वजनिक वक्तव्य पढ्न यता थिच्नुहोस् ।
यस पुस्तक पिडिएफ र डक संस्करण दुबैमा उपलब्ध छ ।