पिँधका अनुभवहरु: अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको निजत्व कथा

Title of the book: पिँधका अनभवहरूः अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको निजत्व कथा यो पुसतक अन्तरलिङ्गी अधिकारकर्मी, क्याम्पेन फर चेन्जका सह-सं स्थापक तथा कार्यकारी निर्देशक इशान रेग्मीको परिकल्पनामा शरु गरिएको थियो ।  २०७९ जेठ २६-२७ गते अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको भेला गरिएको थियो । उक्त भेलामा यो पुसतक निर्माणको अवधारणाबारे सहभागीहरूमाझ …

अन्तरलिङ्गी व्यक्तिको कथासँगै अन्तरलिङ्गी जनचेतना दिवस मनाउँदै ।

राधिका जी लाई रेडियो ले आफ्नो जिज्ञासा हरु सुल्जाउन धेरै मदत गरेको थियो । उहाँले साथी सँग मनकका कुरा र अरू थुप्रै LGBTI सम्बन्धी विभिन्न कार्यक्रमहरु सुनेर आफ्नो बारे जान्ने कोसिस गर्न हुन्थियो । मोबाइलको जमाना नभएको बेला रेडियोनै उहाँको साथी बन्न पुग्यो र एकदिन उहाँले हिम्मत गरेर LGBTI का लागि काम गर्ने संस्थालाई सम्पर्क गर्नु भयो । आफू अन्तरलिङ्गी भएको बारे त्यही संस्थाको व्यक्ति सँग कुरा गरेर प्रस्ट हुनु भयो र आफू बाहेक अरु अन्तरलिङ्गी ब्यक्तिहरु भेट्न पाउनुभयो ।